चिनियाँ टोली भैरहवा किन पुग्यो?

चिनियाँ टोली भैरहवा किन पुग्यो?


रुपन्देही– चीनको एक टोली लगानीको वातावरणको अध्ययन गर्न रुपन्देही पुगको छ।

 

 

चीनको साक्षी प्रान्तको सरकारी र सिंगोयाका उद्योगीको टोली लगानीको लागि भैरहवा पुगेको हो। टोलीले सरकारी र निजी क्षेत्रसँग छलफल पनि गरेको छ।

 

छलफलमा चिनियाँ सरकारी टोलीका प्रमुख जानछिङ सिले भैरहवा क्षेत्र आर्थिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको भन्दै लगानी गर्न आफूहरु इच्छुक रहेको बताए।
सिंगोयाका उद्योगी सिछिङ क्वारले औद्योगिक उत्पादनमा चीनले गरेको विकासकै शैलीमा नेपालमा लगानीक गर्न चाहेको बताए।

 

 

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले नेपालको प्रमुख व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गइरहेको रुपन्देहीमा गौतम वुद्धको जन्मस्थल लुम्बिनी, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार, कालीगण्डकी कोरिडोर, विशेष आर्थिक क्षेत्र (सेज) को सञ्चालन तथा त्यसमा प्राप्त हुने सुविधाहरु र भारतसँगको ठूलो बजार जस्ता अवसरहरु रहेका कारणले यो क्षेत्रमा लगानी गरेर चिनियाँ लगानीकर्ताले धेरै फाइदा लिनसक्ने बताए।

ए।