गिरिराजमणि पोखरेल पुनः मन्त्री भएको हेर्न महोत्तरीबासीको चाहाना, घरदैलो जारी

गिरिराजमणि पोखरेल पुनः मन्त्री भएको हेर्न महोत्तरीबासीको चाहाना, घरदैलो जारी


महोत्तरी– जिल्लाबासीले महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर (१ बाट विजयी गिरिराजमणि पोखरेल पुनः मन्त्री भएको हेर्ने चाहाना भएको बताएका छन्।

 

 

एकै क्षेत्रबाट लगातार तीन पटकसम्म बिजयी भएका पोखरेल सामाजिक र विकासवादी नेता भएकोले एक पटक फेरि मन्त्री हुनुपर्ने स्थानीयको माग छ।

 

 

चुनाव जिते लगत्तै मतदाताको घरदैलोमा पुगेर धन्यवाद र आभार ज्ञापन गरि रहेका पोखरेललाई अधिकांश मतदाताले अब बन्ने बामपंथीको सरकारमा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेका छन्।

 

 

बधाई र शुभकामना आदानप्रदान गर्ने क्रममा स्थानीय मतदाताले पोखरेललाई फेरि मन्त्री बन्न आशीर्वाद पनि दिएका छन्। युवा, महिला वृद्ध सबैले पोखरेल मन्त्री भए महोत्तरीको मुहार फेरिने बताएका छन्।

 

महोत्तरी जिल्लाको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएका पोखरेलले शिक्षा मन्त्री र स्वास्थ मन्त्री हुँदा जिल्लाको स्वास्थ र शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरेको स्थानीयले बताएका छन्।
बर्दिबासका राजन ढुंगानाले भने, ‘सादा र सामुहिक जीवन ज्युउने सादगी नेता पोखरेल मन्त्री भए देशले एकजना इमान्दार कर्तव्यनिष्ठ मन्त्री पाउने छ।
महोत्तरी जिल्लाको ४ वटा प्रतिनिधि सभा क्षेत्रमा क्षेत्र नम्बर–(१ बाहेक सबै क्षेत्र मधेसवादी दलको गठबन्धनले जितेको छ।