भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि शुक्रबार अपराह्न ४ बजे

भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि शुक्रबार अपराह्न ४ बजे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ । ९३ वर्षका उमेरमा बिहीबार निधन भएका वाजपेयीको पार्थिव शरीर  रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो ।

श्रदाञ्जलीका लागि बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ । शवयात्रा दिउँसो १ बजे शुरु हुनेछ । वाजपेयीको अत्येष्टि राजघाटस्थित महात्मा गान्धीको नजिक गरिने बीबीसीले जनाएको छ ।

उनको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । दिल्लीसहित मध्यप्रदेश, उत्तरप्रदेश, राजस्थान, बिहार, झारखण्ड, पञ्जाबका विद्यालय तथा कलेजमा छुट्टी दिइएको छ ।