काठमाण्डु – काठमाण्डु उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ ।
वर्षापछि काँडाघारी प्रहरी प्रभागसहित वरपरका करिब २ सय घर डुबानमा परेका छन् । बाढीले दुईवटा सुकुम्बासीका छाप्रा बगाएको छ भने प्रहरी प्रभागकै किचन र बाथरुमसमेत बगाएको छ ।
प्रहरीका अनुसार कार्यालय भवनको एक तल्लाको पूरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचरलगायतका सामान बगाएको छ । कार्यालयको पछाडि पार्किङ गरेर राखिएका मोटरसाइकल र अन्य सामानहरू समेत बगाएको छ ।
भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ । मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेषगरी सुकमबासी वस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।
प्रतिक्रिया