जिम्बाव्वेविरूद्ध राहुलले भारतको कप्तानी सम्हाल्ने

जिम्बाव्वेविरूद्ध राहुलले भारतको कप्तानी सम्हाल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतले जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाका लागि केएल राहुललाई कप्तानीको जिम्मेवारी दिएको छ । कोभिड १९ संक्रमित भएपछि वेस्ट इन्डिजको भ्रमण गुमाए राहुल जिम्बाव्वेबिरुद्द उपलब्ध हुने भएका थिए ।

राहुलले दोस्रो पटक भारतीय टोलीको कप्तानी सम्हाल्न लागेका हुन् । राहुल कप्तान रहँदा टोलीको उपकप्तानमा भने ओपनर शिखर धवन रहनेछन् ।  यसै वर्ष दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय शृंखला ३-० ले गुमाउँदा राहुलले भारतको कप्तानी सम्हालेका थिए । राहुलले  इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ पछि कुनै पनि प्रतिस्पर्धात्मक खेल खेलेका छैनन ।

राहुलले सन् २०१६ मा जिम्बाब्वेविरुद्ध आफ्नो खेलजीवनको पहिलो शतक पूरा गरेका थिए ।उनले एक दिवसीय क्रिकेटमा अहिलेसम्म पाँच पटक शतक प्रहार गरिसकेका छन् ।

तीन एक दिवसीय खेलको शृंखलाअन्तर्गतको पहिलो खेल अगस्ट १८ मा हरारेमा हुनेछ ।