काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३०५ तथा एन्टिजेन विधिबाट १५० जनामा गरी ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३०२ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ४३५ पुगेको छ ।
प्रतिक्रिया