काठमाण्डु – पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्।
गएराति सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार रामप्रसाद सापकोटालाई हराउँदै बास्तोला विजयी भएका हुन्। सापकोटाले २६४ मत ल्याउँदा बास्तोलाले ६१६ मत ल्याएर विजयी भए। अर्का स्वतन्त्र उम्मेदवार बोधराज त्रिपाठीले ४४ मत मात्रै पाए।
नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाकोरुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथकिताका साथ लाग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
महिला सदस्यमा सजना त्रिपाठी, खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएको टान निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया