भारतबाट इन्धनको मूल्य घटेर आयो, निगम भन्छ: नेपालमा मूल्य घट्दैन

भारतबाट इन्धनको मूल्य घटेर आयो, निगम भन्छ: नेपालमा मूल्य घट्दैन


काठमाण्डु- नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन नगर्ने भएको छ । भारतबाट मंगलबार मात्रै इन्धनको मूल्य घटेर आए पनि निगमले तत्काल मूल्य नघटाउने निर्णय गरेको हो । आयोगले पत्रकार सम्मेलन गरेरअझै ऋणको दायित्व धेरै भएका कारण हाललाई इन्धनको मूल्य समायोजन नगर्ने बताएको छ ।

‘हामीलामई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन । अब निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ ।’, निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले पत्रकार सम्मेलनमा बोल्दै भने ।

मंगलबार मात्रै भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटाएको मूल्यसूची नेपाल आयल निगममा आएको हो । यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको बताइएको छ ।

इन्धनको मूल्य लगातार वृद्धि भइरहेका बेला पछिल्लो पटक लगातार तेस्रो पटक घटेर इन्धनको मूल्य प्राप्त भएको हो । तर निगमले भने पेट्रोलियम पदार्थको मूल्य घटेपनि समायोजनमा आनाकानी गरेको छ ।