काठमाण्डु- देशको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा आजदेखि एलपीजी ग्यास विस्थापन गरिएको छ ।
अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्यमार्फत सिंहदरबारको ग्यास चुलो हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेको थियो ।
सोअनुसार, आज भदौ १ गतेदेखि विद्युतीय चुलो प्रयोगमा ल्याइएको अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले बताएका छन् ।
प्रतिक्रिया