पत्रकार महासंघले भन्यो– समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन

पत्रकार महासंघले भन्यो– समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन


काठमाडौं– प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।

 

 

 

महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित÷प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको जनाएको छ।

 

 

‘यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने महासंघको ठहर छ,’– विज्ञप्तिमा भनिएको छ।
महासंघले त्यस्त घटना नदोहो¥याउन र पत्रकारलाई निर्वाध ढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग समेत गरेको छ।