काठमाण्डु- वाग्मती नदीमा र्याफ्टिङ सञ्चालन गरिएको छ । शनिबार २२औं वाग्मती नदी महोत्सवको अवसरमा उपत्यकावासीमा नदी सरसफाइबारे जागरण फैल्याउने उद्देश्यले नेपाल र्याफ्टिङ एजेन्सिज (नारा)ले र थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेको हो ।
कार्यक्रममा सहरी विकासमन्त्री मेटमणी चौधरी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहित वातावरणविद्लगायत विशिष्ट व्यक्तिहरू पनि सहभागी थिए ।
प्रतिक्रिया