समृद्ध मुलुकले मात्र जनताको आवश्यकता सम्बोधन गर्न सक्छ : मन्त्री बस्नेत

समृद्ध मुलुकले मात्र जनताको आवश्यकता सम्बोधन गर्न सक्छ : मन्त्री बस्नेत


काठमाडौं–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न उपलब्ध स्रोतसाधनको समुचीत प्रयोग गरेर सरकार अगाडि बढ्ने बताएका छन्

फोकस नेपालको छैटौं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले समृद्ध मुलुकले मात्र जनताको आकाङ्क्षा र आवश्यकता सम्बोधन गर्न सक्ने बताएका हुन्

मुलुकको समृद्धिका लागि सबैले त्यागको प्रदर्शन गर्न सक्नुपर्ने बताउँदै उनले भने, ‘सरकार, राजनीतिक नेतृत्व, जनता सबैका तर्फबाट त्यागको आवश्यकता छ । त्यागबाट नै मुलुक निर्माणको महाअभियानमा संलग्न हुने उत्प्रेरणा प्राप्त हुनेछ । सबैले समृद्ध मुलुक निर्माणका लागि आआफ्नो ठाउँबाट योगदान गर्न आवश्यक छ।’

मुलुकमा उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गर्न सकिएमा समृद्ध मुलुक सम्भव भएको बताउँदै उनले भने, ‘जलसम्पदा, वन जङ्गलको समुचीत प्रयोग गरेर विकासलाई जनस्तरमा पुग्ने गरी दिगो र प्रभावकारी बनाउन आवश्यक छ, शिक्षालाई गुणात्मक बनाउँदै सबैको पुहँचमा पु¥याउनु पर्छ, स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्नुपर्छ, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच नभए मुलुक समृद्ध हुन सक्दैन।’

विकास र समृद्धि हासिल गर्न सरकार जिम्मेवार ढङ्गबाट अघि बढेको उल्लेख गर्दै मन्त्री बस्नेतले समृद्धिका लागि सरकार र प्रतिपक्ष नभनी सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताए।