अल्फा बिटामा चल्याे काठमाण्डु महानगरकाे डोजर

अल्फा बिटामा चल्याे काठमाण्डु महानगरकाे डोजर


काठमाण्डु- काठमाण्डु महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा बिटाको भुईं तल्लामा बनेका अवैध संरचना भत्काएको छ । भुईं तल्लाका संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काइएको हो ।

अल्फा बिटाका कर्मचारीहरुले डोजरले भत्काउन लागेपछि कर्मचारीहरु लाइन लागेर अगाडि उभिएका थिए । तर, प्रहरीले तिनिहरुलाई त्यहाँबाट हटाएको छ ।

बिहिबार दिउँसो महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर अल्फा बिटामा पुगेका मेयर शाहले त्यहाँको भुईं तल्ला निरिक्षण गरेका थिए ।

सो क्रममा मेयर शाह अल्फा बिटाका सञ्चालकसँग झोंक्किएका थिए । शाहले सुरुमा सञ्चालक शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए । तर, शर्मा आफूसँग नक्सा नभएको भन्दै पन्छिन खोजेपछि शाह झोंक्किएका हुन् ।