टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिदै, आज शेयर किन्नेले लाभांश पाउने

टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिदै, आज शेयर किन्नेले लाभांश पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ५५ प्रतिशत नगद लाभांश दिने भएको   छ । टेलिकमको पुस ३० मा हुने दशौं वार्षिक साधारण सभाले ५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गर्ने भएको छ ।

 

कम्पनीले पुस ११ गतेसम्म कायम भएका सेयरधनीहरुलाई लाभाशं दिने जनाएको छ । कम्पनीले पुष १२ देखि ३० सम्म बुक क्लोज गर्ने निर्णय गरिसकेको छ ।

 

९० प्रतिशत भन्दा बढी सरकारको स्वामित्व भएको टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ४ अर्ब ५ करोड रुपैयां खुद नाफा गरेको छ ।  कम्पनीमा ४.४४ प्रतिशत सर्वसाधारण, ४.०४ प्रतिशत कर्मचारी र ०.०३ प्रतिशत नागरिक लगानी कोषको सेयर छ  ।