सुरज आर्केडलाई समय दिएर महानगरको टोली फर्कियो

सुरज आर्केडलाई समय दिएर महानगरको टोली फर्कियो


काठमाण्डु – काठमाण्डु महानगरपालिकाले न्युरोडस्थित सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना हटाउन २४ घण्टाको समय दिएको छ ।

बेसमेन्टमा पार्किङ गराउनपर्ने भन्दै सुरज अर्केड अगाडिको पार्किङ हटाउन लागिएको महानगरपालिकाले जनाएको छ । त्यसका लागि सोमबार नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली सुरज अर्केडमा पुगेको थियो ।

महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए । तर, व्यवसायीले आफूहरुले सामान निकाल्ने बताएपछि महानगर टोलीले  २४ घण्टाको समय दिएको छ । अन्यथा आफूहरुले नै खाली गर्ने महानगर टोलीको भनाइ छ ।

मेयर बालेन साहको नेतृत्वमा महानगरले भदौ ६ गतेदेखि नक्सापासविपरीत निर्मित अवैध संरचना भत्काउने अभियान चलाउँदै आएको छ । यसअघि महानगरले नयाँ बानेश्वर, शंखमुल, सुन्धारा न्यूरोड लगायतका क्षेत्रका अवैधानिक संरचना भत्काइसकेको छ ।