अखिल क्रान्तिकारीले सार्वजनिक गर्यो त्रिवि बचाउ संघर्षका कार्यक्रम

अखिल क्रान्तिकारीले सार्वजनिक गर्यो त्रिवि बचाउ संघर्षका कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ सुरु गरेको छ ।

विश्वविद्यालय सुधारको लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै रुपान्तरणको लागि त्रिवि बचाउ संघर्ष अभियान सुरु गरिएको अखिलले जनाएको छ ।

अखिलकी अध्यक्ष पञ्चा सिंहले संघर्षका कार्यक्रम सार्वजनिक गरेकी छन् । संघर्षका कार्यक्रम अन्तर्गत अखिल क्रान्तिकारीले भाद्र १५ देखि २२ गतेसम्म २ सै घण्टा विश्वविद्यालय खुल्ला राख्ने जनाएको छ ।

त्यस्तै सबै तहका कक्षाकोठाहरु खुल्ला राख्दै पढाई सुचारु गर्ने, बत्तीहरु खुल्ला राख्ने र पानीको धारा खुल्ला राख्ने स्पष्ट पारेको छ ।

अखिलले विश्वविद्यालय सुधारको लागि राख्दै आएका मागहरु पुरा नगरिए थप संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने समेत चेतावनी दिएको छ ।