एमाले नेता भन्छन, ‘सरकार गठन पछि मात्र पार्टी एकता’

एमाले नेता भन्छन, ‘सरकार गठन पछि मात्र पार्टी एकता’


काठमाडौं– एमाले नेता शेरधन राईले दुई साताभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरेका छन्।

 

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा नेता राईले जनताले बाम गठबन्धनलाई स्पष्ट बहुमत दिएको भन्दै वाम गठबन्धनको प्रमुख दल एमालेको नेतृत्वमा सरकार बन्ने दावी गरे।

 

नेता राईले ‘सरकार कसको नेतृत्वमा भन्ने प्रश्नै नरहेको उल्लेख गरे।

 

 

उनले एमाले र माओवादी केन्द्रबीच एकता हुनुभन्दा पहिले सरकार गठन हुने बताए। ‘तत्काल पार्टी एकता हुँदैन, अहिले हाम्रो ध्यान सरकार गठनमा केन्द्रित छ’, उनले भने, ‘सरकार गठनको काम टुंगोमा पुगिसकेपछि हामी एकता प्रक्रियाको लागि जुट्छौं, त्यसैले सरकार गठनपूर्व पार्टी एकता नहुनपनि सक्छ।’

 

 

 

उनले एकतापछि नेताहरुको व्यवस्थापन प्राविधिक कुरा भएको भन्दै त्यसको उचित व्यवस्थापन गरिने जानकारी दिए।

 

 

नेता राईले सहमतिमा अध्यादेशको विवाद टुङ्गो लागेर निर्वाचनको सम्पूर्ण नतिजा आएपछि दुई साताभित्र नयाँ सरकार बन्ने बताए। नि बाँकी राख्दिनँ।’