त्रिवि बन्दको श्रृङखला अन्त्य गर्न अखिल क्रान्तिकारीको माग

त्रिवि बन्दको श्रृङखला अन्त्य गर्न अखिल क्रान्तिकारीको माग


काठमाण्डु – अखिल (क्रान्तिकारी ) त्रीवि क्याम्पस बिशेष समितिले नेपालकै ठूलो त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय भईरहेको अराजकताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै त्रिवि क्याम्पस विशेष समितिका इन्चार्ज गोविन्द विष्टले खोज, अध्ययन र अनुसन्धानको नेतृत्व लिनुपर्ने विशुद्ध प्राज्ञिक क्षेत्र राजनितिक भागवण्डाको अखडा बनेको भन्दै त्रिवि बन्दको श्रृङखला अन्त्य गर्न सम्बन्धीत पक्षसँग माग गरेका छन् ।

साथै उनले विद्यार्थी संगठनको आवरणमा भईरहेका अनैतिक तथा अपराधिक गतिविधि नियन्त्रण गरी त्रिवि धरासायी बनाउने दोषिहरुलाई कडा कारवाहीको माग गरेका छन् ।

दुई विद्यार्थी संगठन अनेरास्ववियु र नेविसंघको आ–आफ्नो प्रतिष्ठाको लडाइँले गर्दा पछिल्लो समय त्रिवि अनिर्णयको बन्दी बन्न पुगेको छ ।