काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाणले गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न निर्देशन दिएका छन् । सोमबार गृहमन्त्री खाणले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नु भनेका कारण थुनामा परेका गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएइएको उनको सचिवालयले जनाएको छ ।
शुक्रबार ठमेलको छाया सेन्टरमा बायो मेट्रिक दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने कुँवर पक्राउ परेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले मन्त्रीमाथि दुव्र्यवहार गरेको जाहेरी परेपछि छाया सेन्टरका सुरक्षागार्डलाई पक्राउ गरेको जानकारी दिएका थिए ।
प्रतिक्रिया