संघीय संसदका दुबै सदनको बैठक बस्दै, यस्ताे छ कार्यसूची

संघीय संसदका दुबै सदनको बैठक बस्दै, यस्ताे छ कार्यसूची


काठमाण्डु – संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

विधेयक आजै संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

यता राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बीमा विधेयक, २०७५ र सर्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथी विचार गरियोस भन्ने प्रस्ताव पेस गर्नेछन् ।

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देससहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित कारागार विधेयक २०७६ माथी छलफल गरियोस भन्ने प्रस्ताव पेस गर्नेछन् । साथै कारागार विधेयक २०७९ पारित गरियोस भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।