राष्ट्रियसभा बैठक बुधबारसम्मलाई स्थगित

राष्ट्रियसभा बैठक बुधबारसम्मलाई स्थगित


काठमाण्डु – आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार (२६ भदौ) दिउँसो १ बजेका लागि बैठक बोलाइएको बैठक बुधबारसम्मलाई स्थगित गरिएको हो ।

राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालले आजका लागि बोलाइएको बैठक ‘विशेष कारणवश’ स्थगित गरिएको जानकारी दिए । उनले अर्को बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने जानकारी दिए ।

शनिबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको छ ।