काठमाण्डु – नेपाल विद्यार्थी संघ (नेविसंघ)को कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका सबै समितिहरू विघटन गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयमा विवादास्पद सक्रिय रहेका सबै समितिहरू विघटन गरिएको हो । यससँगै क्याम्पस अधिवेशनको प्रकृया अघि बढाइने नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।
सोमबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सक्रिय सम्पूर्ण समितिहरु विघटन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु । नेपाल विद्यार्थी संघलाई वैधानिक ढङ्गले मूर्त रुप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइ क्याम्पस अधिवेशन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । ’
प्रतिक्रिया