काठमाण्डु – म्यानमार र मलेसियाका नवनियुक्त राजदूतहरूले शपथ ग्रहण गरेका छन् ।
सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमारका लागि राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि डिल्लीराज पौडेललाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन् ।
शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा। नारायण खड्कासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया