काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकको नमुना मतपत्र सार्वजनिक गरेको छ।
दलहरुले समानुपातिक सूची बनाउनुअघि मतपत्रको नमुना सार्वजनिक गरेको हो।निर्वाचनमा भाग लिन दर्ता भएका दलहरुले आगामी असोज २ र ३ गते बन्दसूची बुझाउने कार्यतालिका रहेको छ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ २१ लाख नमुना मतपत्र छपाइ भएको छ । हाल मूल नमुना मतपत्र छपाइको काम भइरहेको छ ।
प्रतिक्रिया