काठमाण्डु – सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च फर्किन लागेको आशंकाबीच अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो ।
नेपाल बार एसोसिएसनका पदाधिकारी एवं सदस्य र कानुन व्यवसायी सर्वोच्च परिसरमा भेला भएर बसेका छन् । जबरा सर्वोच्च फर्किए भित्र प्रवेश गर्न नदिने बारको तयारी छ ।
महाभियोग सिफारिस समितिले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गरेकाे छ । समितिले साे प्रतिवेदन शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको छ ।
प्रतिक्रिया