जबरालाई सर्वोच्चकाे गेटबाट भित्र छिर्न नदिने नेपाल बारको निर्णय

जबरालाई सर्वोच्चकाे गेटबाट भित्र छिर्न नदिने नेपाल बारको निर्णय


काठमाण्डु- नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

आइतबार बसेको नेपाल बारको आकस्मिक बैठकले जबरालाई सर्वोच्च छिर्न नदिने निर्णय गरेको छ । बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जबराविरुद्ध अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताए । उनले जबरालाई कुनै पनि हालतमा सर्वोच्च प्रवेश गर्न नदिने दावी गरे ।

निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए । यसैबीच अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।