सशस्त्र प्रहरीका डिआईजीहरूको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)

सशस्त्र प्रहरीका डिआईजीहरूको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)


काठमाण्डु- सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूको सरुवा भएको छ ।  आइतबार गृहमन्त्री बालकृष्ण खाँडले  मन्त्रिस्तरीय निर्णय गर्दै संघ र प्रदेशसभाको निर्वाचनकाे मुखैमा डिआईजीहरुको सरुवा गरेका हुन् ।

जसअनुसार प्रदेश न. १ मा कमल गिरी यथावत् छन् भने मधेश प्रदेशमा गणेश ठाडा मगरलाई पनि यथावत् राखिएको छ । यता लक्ष्मण सिंहलाई बाग्मती प्रदेशमा सरुवा गरिएको हो ।

त्यस्तै शम्भु सुवेदी गण्डकी प्रदेशमा यथावत छन् भने विदुर खड्कालाई लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ । यता प्रदिप पालको जिम्मेवारी कर्णाली प्रदेशमा तोकिएको छ भने दुर्गा भट्टराईलाई भने सुदूरपश्चिममा नै राखिएको छ । त्यसैगरी अभिकुमार खत्रीलाई प्रशासनको जिम्मेवारी दिइएको छ ।

एक वर्ष पुगेर पनि यथावत् रहनेहरुलाई भने प्रभावशाली मन्त्रीहरूको सिफारिसको आधारमा सरुवा नगरिएको जनाइएको छ । दुई नम्बर प्रदेशका डिआईजी ठागा मगरले तस्करीलाई संरक्षण गरेको गुनासो आएपनि उनलाई समेत यथावत् राखिएको छ । उनले अहिले पनि घुमुवा परिचालन गरेर लाभ लिइरहेका छन् ।