प्रमुख दलका नेताहरु किन गए भारतीय दूतावास ?

प्रमुख दलका नेताहरु किन गए भारतीय दूतावास ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक टुंगो नलागेर सरकार निर्माणमा ढिलाइ भइरहँदा प्रमुख दलका दोस्रो तहका नेताहरु भारतीय दूतावास पुगेका छन् ।
उनीहरु दूतावासका राजनीतिक मामिला विङ्स प्रमुख एस गोपालकृष्णनको बिदाइ पार्टीका सहभागी भएका हुन् ।

 

पाटीमा एमाले, कांग्रेस, माओवादी केन्द्र तथा मधेसकेन्द्रित दलका नेता सहभागी थिए । बिदाइ पाटी भनिए पनि त्यहाँ राजनीतिक अवस्थाबारे अनौपचारिक छलफल समेत भएको स्रोतले जनाएको छ ।

 

पूर्व परराष्ट्रमन्त्रीसमेत रेहका कांग्रेस नेता प्रकाशशरण महतले दूतावासका राजनीतिक मामिला प्रमुखको बिदाइ कार्यक्रमको निमन्त्रणा आएकाले सहभागी भएको बताए । उनले १५ भन्दा बढी नेता सहभागी भएको जानकारी दिए ।

पार्टीमा एमाले नेता राजेन्द्र पाण्डे, कांग्रेस नेता अमरेशकुमार सिंह, माओवादी नेता प्रभु साहसमेत उपस्थित थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।