ओमानका वाणिज्यमन्त्रीले नेपाली राजदूतसंगको भेटमा नेपाललाई सघाउने वचन दिए

ओमानका वाणिज्यमन्त्रीले नेपाली राजदूतसंगको भेटमा नेपाललाई सघाउने वचन दिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ओमानका उद्योग तथा वाणिज्य सचिव अहमद हसन अल धिबले नेपालको उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ओमानका लागि नेपालका राजदूत शर्मिला पराजुलीसंग सोमबार भएको भेटमा उहांले दुवै देशबाट आयात–निर्यात बढाउन सहकार्यका प्रशस्त सम्भावना रहेका बताउनुभएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओमानका वाणिज्य सचिवले नेपाली उद्यमी व्यवसायीलाई नेपालका उत्पादन ओमानमा बिक्री वितरणको प्रबन्ध मिलाउन आग्रह गर्नुका साथै ओमान–नेपाल व्यावसायिक सम्मेलन आयोजनाका निम्ति सघाउने बताउनुभयो ।

 

भेटमा कृषि, भौतिक पूर्वाधार तथा जलस्रोत र उत्पादनमूलक क्षेत्रमा लगानीका प्रचुर सम्भावना रहेका जानकारी दिँदै राजदूत पराजुलीले ती क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।
उहाँले नेपाली उत्पादनलाई भन्साररहित बजारसम्मको पहुंच उपलब्ध गराउन आग्रह गर्नुभयो ।

 

उक्त दूतावासका अनुसार राजदूत पराजुलीले नेपालको पछिल्लो राजनीतिक परिवर्तन, निर्वाचनपछिको परिवर्तित सन्दर्भमा सामाजिक–आर्थिक विकासका निम्ति राजनीतिक दलहरुद्वारा व्यक्त प्रतिबद्धताबारे जानकारी दिनुभयो । रासस