काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। कैलालीको धनगढी– ९ स्थित शिव माविमा उनले राहत शिक्षकका रूपमा काम गरेकी थिइन्।
कैलालीको धनगढी उपमहानगरपालिका ९ स्थित शिव माविमा गिताले राहत शिक्षकका रुपमा काम गरेकी थिइन्। बोर्ड अफ सेकेन्डरी इजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो।
प्रतिक्रिया