लक्ष्मी बैंकको भाइबर सेवा सुचारु, यसरी प्रयोग गर्नुहोस् भाइबर सेवा ?

लक्ष्मी बैंकको भाइबर सेवा सुचारु, यसरी प्रयोग गर्नुहोस् भाइबर सेवा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–लक्ष्मी बैंकले पनि भाइबर सेवा सुचारु गरेको छ । नविल बैंकले सुरु गरेको भाइबर सेवा निकै लोकप्रिय भएपछि लक्ष्मीले भाईबार सेवा सुरु गरेको हो ।  लक्ष्मी बैंकका खाता भएकाहरुले लक्ष्मी बैंक पब्लिक एकाउण्टमा आबद्ध भएपछि बैंकसंग सम्बन्धित विभिन्न सूचनाहरु सहज रुपमा तत्कालै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

 

बैंकले दिएको जानकारीअनुसार लक्ष्मी बैंकका ग्राहकहरुले भाइबर सेवा अन्तर्गत आफ्नो खाताको विवरण, व्यालेन्स, मिनि स्टेटमेन्ट लगायतको जानकारी पाउनेछन् ।  

लक्ष्मी बैंकको मोबाइल बैंकिङ निकै लोकप्रिय छ । राष्ट्र बैंकबाट क वर्गको इजाजत पाएको लक्ष्मी बैंकले सन् २००२ देखि नयां–नयां प्रविधि प्रयोग गर्दै आएको छ । हाल बैंकका ७४ शाखा सञ्जाल, ३ हस्पिटल सेवा काउन्टर र ९५ ए.टि.एम काउण्टर रहेका छन् ।

लक्ष्मी बैंकको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत भाइबर सेवाले ग्राहकहरुलाई सहज तरिकाबाट बैंकमा सुविधाहरु प्राप्त गर्ने विकल्प समेत प्रदान गरेको बैंकले जनाएको छ ।