काठमाण्डु – दशैं बिदामा पनि सर्वोच्च अदालत खुला रहने भएको छ ।
सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै घटस्थापनदेखि पूर्णिमासम्म अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने बताएको हो । घटस्थापनाका दिनदेखि नै अदालतका अन्य काम भने बन्द गरिएको छ ।
अब शनिवार र विजय दशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने र बन्दी प्रत्यक्षीकरणको रिट मात्र हेरिने सर्वोच्चले जनाएको छ । बन्दी प्रत्यक्षीकरणको रिट हेर्न न्यायाधीशहरूलाई जिम्मेवारी समेत तोकिएको छ ।
प्रतिक्रिया