बजार अनुगमनमा निस्किइन् सुनिता

बजार अनुगमनमा निस्किइन् सुनिता


काठमाण्डु – काठमाण्डु महानगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमन सुरू गरेको छ । महानगरले उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलबारदेखि बजार अनुगमन सुरु गरेको हो ।

उपमेयर डंगोलले मंगलबार प्रदर्शनी मार्ग, टुकुचास्थित तरकारी बजार, खाद्यान्न पसल, माछा मासु, डिपार्टमेन्ट स्टोर, खसी बजार लगायत क्षेत्रमा बजार अनुगमन गरेकी हुन् ।

उपमेयर डंगोल नेतृत्वको टोलीले महानगरभित्र रहेको भित्रि पसलहरूमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे(नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो ।

बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन्।