राजेन्द्र महतोको उद्घोषः फोरमसँग छिट्टै पार्टी एकता

राजेन्द्र महतोको उद्घोषः फोरमसँग छिट्टै पार्टी एकता


काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालबीच तत्काल पार्टी एकता घोषणा गरेका छन्।

 

 

 

 

‘राजपा र फोरमवीच एकता हुन्छ, यसमा कुनै दुई मत छैन, कुरा मिलेको दिन एकता हुन्छ, अहिलेको जनमत पनि दुई वटा पार्टी एकताको लागि नै हो, एकता अहिले हाम्रो प्राथमिकतामा छ,’ बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा महतोले भने।

 

 

 

 

६ वटा पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै महतोले अब फोरमसँगपनि एकता हुनेमा शंका नगर्न आग्रह गरे।

 

 

नेता महतोले २ नम्बर प्रदेशमा राजपा र फोरम गठबन्धनको सरकार बनाउने समेत दाबी गरे। उनले भने,‘मुख्यमन्त्री दुई वटा पार्टीमध्ये एउटाबाट बन्नुपर्छ, फोरमबाट बन्दापनि ठिकै छ, हामीलाई कुनै आपत्ति छैन, उहाँहरुको नै बढि सिट छ।’