एजेन्सी – भारतले नयां चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरेको छ । सेनाका अवकाशप्राप्त लेफिनेन्ट जनरल अनिल चौहान बुधवार भारतको नयां सिडिएस नियुक्त भएका हुन् । ४० वर्ष लामो सैनिक अनुभव भएका चौहान भारतीय सेनाको शीर्षस्थ पदमा नियुक्त भएका हुन् ।
सिडिएस विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको नौ महिनापछि चौहानलाई उक्त पदमा नियुक्त गरिएको हो । उनले २०२१ मा सेनाबाट अवकाश पाएका थिए । त्यसपछि उनलाई राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभालको अध्यक्षतामा रहेको एनएससीएसको सैन्य सल्लाहकारका रुपमा नियुक्त गरिएको थियो ।
चौहान चीन मामिलाका विशेषज्ञ हुन् । उनले सेनामा कार्यरत हुंदा धेरै समय पूर्वी कमाण्ड सम्हालेका थिए । उनि बालाकोट हवाई हमलाको बेला सैन्य संचालन महानिर्देशक (डिजिएमओ) समेत थिए । चौहान भारत म्यान्मार संयुक्त सैन्य अभियान अपरेशन सनराइजका रचनाकार समेत हुन् । उनले भारत सरकारको सैन्य मामिला विभागको सचिवका रुपमा समेत काम गर्नेछन् ।
चौहान १९८१ मा भारतीय सेनाको ११ गोरखा राइफल्समा भर्ना भएका थिए । उनि भारतीय सैन्य प्रतिष्ठान देहरादूनका पूर्व छात्र हुन् । जम्मू कश्मीर र पूवी क्षेत्रको आतंकवाद विरोधी अभियानमा उनको संलग्नता धेरै थियो ।
प्रतिक्रिया