कञ्चनपुरमा प्रदर्शनकारी माथी गाेली चल्याे, चार जना घाइते

कञ्चनपुरमा प्रदर्शनकारी माथी गाेली चल्याे, चार जना घाइते


काठमाडौं– कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।

गोली प्रहारबाट चार जना घाइते भएका छन् । गोली लाग्नेमा १८ वर्षिय अर्जुन भण्डारी, टेक भट्ट, किरण पाण्डे सन्तोष कठरिया छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चलमा लगिएको छ ।

प्रहरीले निर्मलाको बलात्कारमा संलग्न रहेको अभियोगमा स्थानीय दिलीप बिस्टलाई सार्वजनिक गरेपछि दोषीलाई बचाउन प्रहरी सक्रिय भएको भन्दै आन्दोलन चर्किएकाे हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले भने गोली नचलाएको दाबी गरेका छन् ।