नर्भिकमा अत्याधुनिक एमआरआई र सीटी स्क्यान सेवा, हिमानी शाहले गरिन् उद्घाटन

नर्भिकमा अत्याधुनिक एमआरआई र सीटी स्क्यान सेवा, हिमानी शाहले गरिन् उद्घाटन


काठमाडौं– काठमाडौंको थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले अत्याधुनिक एमआरआई र सीटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ।

 

 

नर्भिकले ३ टेस्ला एमआरआई. र विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक प्रविधिसम्पन्न १२८ स्लाइस सीटी स्क्यान मेसिन थप गरेको हो।

 

 

थप एक अत्याधुनिक सीटी स्क्यान र अत्याधुनिक एमआरआई सेवा थपिए पश्चात् नर्भिकले आफूलाई पूर्णतया न्युक्लिएर मेडिसिन सेन्टरका रुपमा परिणत गर्न सफल भएको उसको विश्वास छ।
नवजडित उपर्युक्त सेवाको बुधबार पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहले उद्घाटन गरिन्।

 

 

समारोहमा वरिष्ठ कलाकार तथा नर्भिकका सद्भावनादूत हरिवंश आचार्य उपस्थित थिए।

 

 

 

इमेजिङ्ग सेवा अन्तर्गत विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक १२८ स्लाइसको सीटी स्क्यान सेवा पनि समावेश छ।

 

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले हस्पिटलले आगामी पाँचवर्षभित्र सम्पन्न गर्ने विविध सेवा विस्तार योजना रहेको बताइन् ।