काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा (बादल) समक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुर घटनाका बिषयमा ब्रिफिङ गरेका छन्।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाका आरोपी दिलिपसिँह बिष्ट नै भएको प्रमाण तथा आधारसहित महानिरीक्षक खनालले मन्त्री थापासमक्ष ब्रिफिङ गरेका हुन्।
पन्तको १० साउनमा बलात्कारपछि हत्या भएको थियो, दोषीमथि पक्राउ र कडा कार्वाहीको माग गर्दै मंगलबारदेखि कञ्चनपुर आन्दोलित छ।
मन्त्री थापालाई गराईएको ब्रिफिङमा पन्तको बलात्कारपछि हत्याका आरोपी बिष्टले स्व पन्तको साथमा रहेको २० रुपैयाँ समेत लिएर गएको खुलेको छ।
प्रहरी अनुसन्धानमा बिष्टले घटना भएको केही समयपछि सोही २० रुपैयाँले स्थानीय एक पसलबाट गुटखा किनेर खाएको समेत खुलेको गृहमन्त्रीलाई बताएका छन्।
सुरुदेखि नै शंकाको घेरामा रहेका बिष्टले पक्राउ परेपछि कसरी निर्मलाको हत्या गरेका थिए, त्यसबारे समेत प्रहरीलाई बताएका छन्। प्रहरीसँगको बयानमा आफू मार्सल आर्टको खेलाडी भएको र निर्मलाको किलकिले थिचेर हत्या गरेको बताएका छन्।
बलात्कारअघि बाटोमा भेटिएकी निर्मलाको साईकलको चेन बनाईदिएको, त्यसपछि बलात्कार गरेको र त्यसको पोल खुल्ने डरले हत्या गरेको प्रहरीलाई बताएका छन्।
प्रहरी समक्ष बिष्टले दिएको बयानको विवरण र निर्मलाको पोष्टमार्टम रिर्पोटमा उल्लेखित तथ्यबीच मेल खाएको जानकारी पनि महानिरीक्षक खनालले गृहमन्त्री थापालाई दिएका छन्।
पक्राउ परेका बिष्टलाई प्रहरीले निर्मलाको शब भेटिएको स्थानमा नै लिएर गएको थियो, जहाँ उनले कसरी उनको हत्या भएको थियो भन्ने कुरा बताएका थिए।
उनको बयानसँगै भेटिएका प्रमाणले संलग्नता पुष्टिको आधार भेटिएपछि प्रहरीले उनीबिरुद्ध जबर्जस्ती करणी र हत्या मुद्दामा अदालतबाट १० दिनको म्याद लिएर थप कारवाहीसमेत थालेको छ।
घटना विवरण
साईकलको चेन अक्सर फुस्किरहन्थ्यो, घटनाका दिनपनि साईकलको चेन फुस्किएको थियो। रोशनीको घरमा पुगेपछि उनले हात धोईन्। त्यसपछि दुबै साथी करिब दुईघण्टा त्यहाँ बसे, कुराकानी गरे।
त्यसपछि निर्मला रोशनीको घरबाट नोटकपी, अम्बा र रोशनीले दिएको २० रुपैयाँ लिएर फर्किएकी थिईन् । अनुसन्धानपछि प्रहरीले बताए अनुसार घर फर्कदै गर्दा बाटोमा बिष्टसँग निर्मलाको भेट भएको थियो। साईकलको चेन बनाउँदै गरेकी निर्मलालाई बिष्टले सहयोग गरे।
‘
प्रतिक्रिया