राष्ट्रियसभाबाट सांसदको ‘लभिङ’मा वामदेव र नारायणकाजी

राष्ट्रियसभाबाट सांसदको ‘लभिङ’मा वामदेव र नारायणकाजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय भोगेका एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ राष्ट्रियसभामार्फत् सांसदको लभिङमा लागेका छन् ।

 

आफूहरूलाई राष्ट्रियसभामार्फत् सांसद बनाइनुपर्ने भन्दै गौतम माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई र श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रिझाइरहेका हुन्। एमाले, माओवादीबीचको एकताको चर्चा चलिरहेका बेला गौतमले बुधबार प्रचण्डलाई भेटेर उक्त प्रस्ताव राखेका हुन्।  

 

एमाले, माओवादीबीचको गठबन्धन बनाउन वामदेव ‘मेकर’ भएकाले पनि उनी प्रचण्ड कहा पुुगेका थिए । स्रोतकाअनुसार गौतमले बुधवार सांझ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लाजिम्पाट पुगेर आफ्नो चाहना व्यक्त गरेका हुन ।

 

‘मैले अध्यक्ष केपी शर्मा ओलीज्यूूलाई पनि भनिसेकको छु, तपाईले  पनि लभिङ गरिदिनुुपर्यो,’ गौतमले प्रचण्डलाई भनेका थिए। श्रेष्ठले केही दिनअघि ओलीलाई भेटेर आफ्नो प्रस्ताव राखेका थिए । आ–आफ्ना अध्यक्षलाई भेटेर नै गौतम र श्रेष्ठले क्रमशः प्रचण्ड, ओलीसंग भेट गरेका हुन्।

 

 

गत मंसिर १० र २१ गते भएको चुनावबाट वाम गठबन्धनले बहुुमत ल्याएपछि सरकारको नेतृत्व ओलीले गर्ने प्रायः निश्चित छ। गौतम र श्रेष्ठको चाहाना ओली सरकारमा जाने छ। तर, सांसद नभएकाले मन्त्री बन्न नपाउने संवैधानिक प्रावधान रहेकाले उनीहरूले बैकल्पीक बाटो खोजेका हुन्।

 

गौतमले उपप्रधानमन्त्री मागिरहदा श्रेष्ठको उपप्रधानसहित गृहमन्त्रीमा बन्ने योजना छ । उनि यसअघि पनि गृह र परराष्ट्रमन्त्री भइसकेका छन् ।

 

 

श्रेष्ठको पछिल्लो समय एमाले अध्यक्ष ओलीसंग सुमधुर सम्बन्ध छ । माओवादी नेताहरुमा श्रेष्ठ ओलीको रोजाइमा पहिलो नम्बरमा पर्छन् । त्यस्तै गौतमसंग पनि माओवादी अध्यक्ष प्रचण्डको गहिरो मित्रता छ ।

 

गौतम बर्दिया १ मा कांग्रेस नेता सञ्जयकुमार गौतमसंग र श्रेष्ठ गोरखा २ मा नयां शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईसंग पराजित भएका थिए।

 

 

चुनावमा पराजित भएका गौतम र श्रेष्ठले राष्ट्रियसभामार्फत् सांसदका लागि लभिङ गरिरहदा एमाले र माओवादीभित्र भने पराजित भएकालाई सांसद बनाउन नहुने आवाज उठिरहेको छ । यसलाई आगामी माघमा बन्ने नयां सरकारमा प्रतिनिधित्व गर्ने विषयसंग दुवै पार्टीका नेता–कार्यकर्ताहरुले जोडेर हेरका छन् ।