‘रगत नपाएर हैरान हुनुहुन्छ ? चिन्ता नगर्नुस् ! अब तपाईंलाई यसरी मिल्ने छ रगत

‘रगत नपाएर हैरान हुनुहुन्छ ? चिन्ता नगर्नुस् ! अब तपाईंलाई यसरी मिल्ने छ रगत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर –  के तपाईं रगतको खोजीमा हुनुहुन्छ , आवश्यक रगत नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, तपाईंले एक कल फोनमा नै आफूलाई आवश्यक परेको जुनसुकै ग्रुपको रगत सहजै प्राप्त गर्न सक्नुहुन्छ ।

तुलसीपुर नगर जेसिजले अनकल रगतको आपूर्तिको व्यवस्था मिलाएको छ। रगतको अभावका कारण कोही पनि बिरामी र बिरामीका आफन्तलाई समस्या नपरोस् भन्ने उद्देश्यले तुलसीपुर नगर जेसिजले अनकल रगत आपूर्तिको व्यवस्था मिलाएको तुलसीपुर नगर जेसिजका अध्यक्ष दीपेश भण्डारीले बताए।

जेसिजले आफ्ना सदस्यहरुको ब्लड ग्रुप क्याम्प गरी कुन सदस्यको कस्तो ग्रुपको ब्लड छ सो ग्रुप वर्गीकरण गरी तालिका निर्माण गरेर अञ्चल अस्पताल तुलसीपुर र रक्तसञ्चार केन्द्रमा उपलब्ध गराएको छ।

तालिकामा दुर्लभ रगतदेखि सबै किसिमका ब्लड ग्रुप भएका सदस्यहरुको नाम र सम्पर्क नम्बरसमेत उपलब्ध गराएको जेसिजले जनाएको छ।

सोही अनुसार आवश्यक परेको बेला फोन गरी सदस्यहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाएको अध्यक्ष भण्डारीले बताए । जेसिजले २४ सौँ घण्टा जति बेला पनि बिरामीलाई आवश्यक परेको समयमा आवश्यक रगत उपलब्ध गराउने व्यवस्था मिलाएको बताएको छ।

९१ जना सदस्यको ब्लड ग्रुप, नाम, फोन नम्बरसहित अनकल ब्लडको व्यवस्था गरेको जेसिजका महासचिव नेत्रलाल भट्टराईले जानकारी दिए। रासस