गोठाटारमा लाल मोहम्मद हत्या प्रकरण: रेकी गर्ने र हतियार ल्याउने पक्राउ

गोठाटारमा लाल मोहम्मद हत्या प्रकरण: रेकी गर्ने र हतियार ल्याउने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाण्डु प्रहरी परिसरले हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ, रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका घर भई काठमाण्डुको कपन बस्ने २१ वर्षीया सुस्मिता स्याङताङ छन् ।

पक्राउ पर्ने महोरम र रेहानले पर्साबाट काठमाण्डुसम्म पेस्तोल ल्याएका थिए। घटनामा प्रयोग भएको ‘मेड इन युएसए’ लेखिएको पेस्तोल काठमाण्डु ल्याउने काम उनीहरू दुई जनाले गरेका थिए। घटनास्थलबाट उक्त पेस्तोल पनि प्रहरीले बरामद गरेको छ।प्रहरीले घटनास्थलबाट ९ एमएमको चार वटा खोका र चार राउन्ड गोली पनि बरामद गरेको छ।

सुमी भने रेकी गर्न खटाइएको खुलेको छ। उनलाई मोहम्मदको गतिविधि रेकी गर्न खटाइएको जनाइएको छ ।  यस घटनाका मुख्य योजनाकार, गोली प्रहार गर्ने व्यक्तिहरू अझै फरार छन्। असोज ३ गते सोमबार साँझ मोहम्मदकै घर अगाडिको बीच सडकमा गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय गरिरहेका थिए ।

उनी २०६४ सालमा हत्या आरोपमा मोहम्मद पक्राउ परेका थिए । यस घटनामा संलग्न भएको आरोपमा उनी १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए ।

घटनाको अनुसन्धानका लागि एसएसपी जनकराज भट्टराईको नेतृत्वमा एक समिति गठन गरिएको थियो । उनीहरुविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद – १२ को ज्यानसम्बन्धी कसुरु मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।