भैरहवा – लुम्बिनी प्रदेश प्रहरीले चाड पर्व दशै, तिहारलाई लक्षित गर्दै ८ हजार १ सय ७६ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ । प्रदेश प्रहरी कार्यालय दाङले चाडपर्वका बेला हुने अपराधिक क्रियाकलापहरुलाई मध्यनजर गर्दै १९५० वटा टोलीलाई डियुटीमा विभिन्न क्षेत्र खटाएको छ ।
सम्भावित अपराधिक गतिबिधि नियन्त्रण तथा दुर्घटना रोक्नका लागि प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक नल प्रसाद उपाध्यायको कमाण्डमा प्रदेश कमाण्ड पोस्टसहितको सुरक्षा रणनिति बनाइ सुरक्षार्थ छन् ।
सुरक्षाको दौरानका ९ सय २७ वटा सञ्चार उपकरण , ठूला र साना हतियार २८ सय ७२ र तिनमा प्रयोग हुने गोली झण्डै २५ हजार परिचालन गरिएको छ भने ४ हजार ७३ वटा लाठी पनि प्रहरीले प्रयोग गर्ने गरी दशै तिहार सुरक्षा रणनीति बनाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रदेश कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी नवरत्न पौडेलका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा ३ वटा प्रदेश रिर्जभ टोली, १२ वटै जिल्लामा कार्यालय प्रमुखको नेतृत्वमा कमाण्ड पोस्ट, २७ वटा जिल्ला रिजर्भमा ४ सय ८५ प्रहरीको परिचालन गरिएको छ ।
नागरिकको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनका लागि प्रहरीले क्विक रेसपोन्स गर्ने गरी एक सय ५ वटा क्युआरटी परिचालन, कार्यालयको सुरक्षा गर्न प्रदेशभर ४ सय ७८ वटा टोलीमा १७ सय ४४ प्रहरी परिचालन गरेको छ । त्यस्तै, चार पाङग्रे मोबाइल गस्ती ८३ वटा, मोटरसाइकल गस्तीमा ४ सय ६१, पैदल गस्तीमा ४ सय ९१ प्रहरीलाई परिचालन गरिएको छ भने २८१ वटा पिकेट टोली आम नागरिकको सुरक्षामा खट्ने छ ।
प्रतिक्रिया