प्रधानन्यायाधीशमा मिश्र सिफारिस

प्रधानन्यायाधीशमा मिश्र सिफारिस


काठमाडौं– प्रधानन्यायाधिशमा कायममुुकायम प्रधानन्याधीश ओमप्रकाश मिश्रको नाम सिफारिस भएको छ।

संवैधानिक परिषदको बिहीबारको बैठकले मिश्रलाईं प्रधान्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।

परिषदको सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरे संवैधानिक व्यवस्था बमोजिम राष्ट्रपति विद्या भण्डारीले मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछिन्।मिश्र २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका हुन्। मिश्र विशेष अदालत हुँदै सर्वोच्च पुगेका हुन्।

यसअघि प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेको थियो।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए ।