कञ्चनपुरकाे सिडियोमा अधिकारी, प्रहरी प्रमुखमा एसपी कठायत

कञ्चनपुरकाे सिडियोमा अधिकारी, प्रहरी प्रमुखमा एसपी कठायत


काठमाडौं- १३ वर्षीया बालिकाकाे बलात्कार पछि हत्या भएकाे घटना पश्चात महेन्द्रनगर तनावग्रस्त बनिरहेका बेला सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख हेरफेर गरेकाे छ।

घटना  पश्चात सिडिअाे कुमार खड्का र एसपी दिल्लीराज विष्टकाे चर्काे अालाेचना हुनुका साथै पछिल्लाे समय उनीहरूविरूद्द नै प्रदर्शन भइरहेका बेला गृह मन्त्रालयले बिहीबार हेरफेर गरेकाे हाे।

गृहले कञ्चनपुरको सिडिअाेमा तारानाथ अधिकारीलार्इ पठाएकाे छ, भने  एसपी कुवेर कठायतलार्इ प्रहरी प्रमुखका खटाएकाे छ। अधिकारी केही समय अघिमात्र कास्कीको सिडियोबाट कारागार विभागमा सरुवा भएका थिए। कठायत यसअघि महोत्तरीको प्रमुख थिए।

सरकारले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेकाे छ।

गत साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।