हुम्लामा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र छक्कबहादुर फेरी आमने-सामने

हुम्लामा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र छक्कबहादुर फेरी आमने-सामने


हुम्ला-  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाटै प्रदेश सभाको निर्वाचन लड्ने भएका छन् । प्रतिनिधिसभाको सदस्यका लागि एकल नाम सिफारिस गरेका शाही अन्ततः प्रदेशमै चित्त बुझाउन लागेका हुन् । केन्द्रमा माओवादी केन्द्रलाई भाग परेपछि शाही पुनः प्रदेशको उम्मेदवार भएका हुन् ।

उनि यसअघि प्रदेश सभा (ख) बाटै निर्वाचित भएका थिए । उनले प्रदेश र प्रतिनिधि सभा दुवैमा आफ्नो नाम सिफारिस गरेका थिए । केन्द्रमा भने माओवादी नेता कार्चेन लामाले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।

एमालेबाट केन्द्रमा दलबहादुर रावल र प्रदेश ख मा पुर्व सांसद छक्कबहादुर लामा उम्मेदवार भएका छन् । लामा निर्वतमान स्वतन्त्र प्रतिनिधि सभा सदस्य हुन् । लामा र शाही दुवै जनाले निर्वाचन आयोगको केन्द्रीय कार्यालय काटमाण्डौं र हुम्लाबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

लामाले २०४८ र ०७४ मा चुनाव जितेका थिए । तर, उनि शाहीसंग दोस्रो संविधानसभाको निर्वाचनमा भने पार्टीभित्रकै असहयोगका कारण पराजित भएका थिए ।लामा हुम्लाका लोकप्रिय नेता हुन् । उनि यसपटक शाहीसंग हारको बदला लिनेमा छन् । शाही पनि गठबन्धनको बलमा चुनाव जितेर मुख्यमन्त्री बन्नेमा छन् ।