सेयर बजार : २७ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब नजिक

सेयर बजार : २७ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब नजिक


काठमाण्डु – साताको दोस्रो कारोबार दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २७.२६ अंकले घटेर १८७१.२२ अंकमा बन्द भएको छ ।

दशैंपछिको पहिलो कारोबार दिन आइतबार ४४ अंकको वृद्धि भएको नेप्सेमा सोमबार नै पुनः गिरावट आएको हो । सेन्सिटिभ सूचक पनि ५.३६ अंकले ओरालो लागेको छ ।

आज कुल २ सय ३३ कम्पनीको कारोबार भएकामा ३१ लाख कित्ता सेयर बिक्री भएको छ । आज ९७ करोडको मात्र सेयर किनबेच भएको हो । आज सामूहिक लगानी कोषबाहेक १२ वटा समूहको उपसूचक घटेका छन् । सोसँगै आज १६४ कम्पनीको सेयर घटेको, १९ वटाको बढेको र दुईवटाको उही मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ ।

आज अभियान लघुवित्तका सेयरधनीले ४५.६० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन् । यो नै सर्वाधिक आम्दानी हो । धेरै गुमाउने लगानीकर्ताले आज प्रतिकित्ता ६५ रुपैयाँसम्म नोक्सानी व्यहोरेका छन्। आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको १६ करोडको सर्वाधिक कारोबार भएको थियो।