काठमाण्डु – सरकारले अनुमतिबिना मानवरहित हवाई उपकरण ड्रोन उडाए कारबाही गर्ने चेतावनी दिएको छ ।
विभिन्न व्यक्ति र निकायले अनुमति नलिई अनधिकृतरुपमा ड्रोन उडाएको भन्ने सूचना आएपछि मंगलबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
मन्त्रालयले अति आवश्यक परेमा २ केजीसम्मको ड्रोन उडाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र सोभन्दा माथिको हकमा गृह मन्त्रालयबाट अनुमति लिन भनेको छ ।
प्रतिक्रिया