काठमाण्डु – सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । फेसबुकको बगमा देखिएको समस्याको कारण ९ हजार भन्दा माथि फलोअर्स भएका सबैको पेजमा फलोअर्स ह्वात्तै घटेका छन् ।
फेसबुकको सीईओ मार्क जुकरवर्ग आफैं पनि यो समस्याको सिकार बनेका छन् । उनको फेसबुकमा फलोअर्सको संख्या अहिले ९ हजार ९९९ मा झरेको छ । यसअघि उनको फलोअर्सको संख्या करिब ९ करोडको हाराहारीमा थियो ।
त्यस्तै नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले पनि आफ्नो पेजमा फलोअर्स घटेको गुनासो गरेका छन्। उनले भनेका छन्, ‘मेरो २ लाख ९४ हजार फलोअरबाट ९९०० फलोअरमा झारीदिएको देखिन्छ । फेसबुक कम्पनी मेटा नै कसैले ह्याक गरिदिएजस्तो छ ।’
यद्यपि पछि उनले अर्को एउटा पोस्ट गर्दै वास्तविकतामा नघटेको भए पनि प्रोफाइल हेर्दा मात्र फलोअर्स कम देखिएको उल्लेख गरेका छन्। यसअघि पनि फेसबुकका प्रयोगकर्ताहरुले आफ्नो फलोअर्स उल्लेख्य संख्यामा घटेको भन्दै गुनासो गर्दै आएका थिए ।
प्रतिक्रिया