कन्चनपुर बालिका हत्याको आन्दोनमा घाइतेको उपचार खर्च प्रदेश ७ सरकारले बेर्होर्ने

कन्चनपुर बालिका हत्याको आन्दोनमा घाइतेको उपचार खर्च प्रदेश ७ सरकारले बेर्होर्ने


काठमाडौं – कन्चनपुरमा बालिका बलात्कार पछि हत्या प्रकरणमा विहिवारको प्रदर्शनमा प्रहरीको गोली लागेर घाईते भएका कञ्चनपुरका अर्जुन भण्डारी लगाएतका घाइतेहरुको उपचार खर्च प्रदेश ७ सरकारले बेहोर्ने भएको छ ।

घाइते भण्डारीलाई भेटन शुक्रबार नेकपाका स्थायी समिती सदस्य लेखराज भट्ट ,प्रदेश ७ का अर्थमन्त्री झपट बोहरा , सांसद निरुदेवी पाल, दिपक प्रकाश भट्ट, नारदमुनी राना, नरबहादुर धामी लगायत अस्पताल पुगेका छन् ।

घाइते भण्डारीका आफन्त सँगको भेटपछि प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कञ्चनपुर घटनाका घाइतेको उपचार खर्च सबै प्रदेश सरकारले बेर्होने बताएका हुन् ।
विहिवार प्रहरीको गोली लागेर घाईते भएका कञ्चनपुरका अर्जुन भण्डारीको कोहोलपुरमा उपचार हुन् नसकेपछि थप उपचारको लागी काठमाण्डै ल्याइएको हो ।