नुवाकोट -संगठित अपराधको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई शुक्रबार नुवाकोट जिल्ला अदालतमा पेश गरिएको छ ।
प्रकाण्डलाई नुवाकोट जिल्ला अदालतका श्रेस्तेदार शिव प्रसाद वञ्जाडाले आफ्नो कार्यकक्षमा मधुर मुस्कानसहित स्वागत सत्कार गर्दै कार्यकक्षको सोफामा बस्न आग्रह गरे।
श्रेस्तेदार बञ्जाडाको सत्कारपछि प्रकाण्डले भने ‘सञ्चारमाध्यमहरुसँग बोल्न चाहन्छु तर प्रहरीले बोल्न दिएनन् । त्यसको लागि यहाँले अवसर मिलाइदिनु पर्यो ।
गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए।
साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई स्काभेटरमा आगो लगाइएको थियो। आगो लगाएको कारण एउटा जलेर पूर्ण क्षति भएको थियो भने अर्को आंशिक क्षति भएको प्रहरीले जनाएको छ।
शुक्रबार नै आरोपी विश्वकर्मालाई अनुसन्धानको म्याद थपको लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ। अदालतले ३ दिन म्याद थप गरि २ करोड २३ लाख बिगो दाबी गरेको छ ।
प्रतिक्रिया